मेचीनगर, जेठ ६ । मेचीनगर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरु अब दैनिक दुई घण्टा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक विकास शाखा प्रमुुख दीपेन्द्र कार्कीले मंगलबार सूचना जारी गरी विहान १० देखि मध्यान्ह १२ बजेसम्म मेचीनगर कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुलाई सञ्चालन गर्न आग्रह गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा सामाजिक दुरी र सावधानी अपनाएर सेवा प्रदान गर्न सूचनामा भनिएको छ । प्र्रकृति सुपारी सहकारी सस्था, नवमुना कृषि सहकारी संस्था, कृष्णथुम्की कृषि सहकारी संस्था,सहकारी चिया बगैचा , दिङमालिङ बचत तथा ऋण सहकारी संस्था , सिमाना कृषि सहकारी संस्था , बौद्घमोेड कृषि सहकारी संस्था , भृकुटी बचत तथा ऋण सहकारी संस्था , नयाँ तेलपानी महिला सुपारी सहकारी संस्था र पारखी चिया उत्पादन तथा प्रशोधन सहकारी संस्था हरेक महिनाको जोर गते मात्र सञ्चालनमा आउने छन् ।

कृष्णनगर बचत तथा ऋण सहकारी संस्था,संकल्प कृषि सहकारी संस्था, लक्ष्मी संकल्प कृषि सहकारी संस्था ,साना किसान सहकारी संस्था , उज्यालो वस्ती व्यावसायिक बचत तथा सहकारी संस्था ,प्रेरणा कृषि सहकारी संस्था ,बाहुनडाँगी सुपारी सहकारी संस्था , नौलो सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था , शुभ चिया किसान सहकारी संस्था र हात्ती किनारा चिया सहकारी संस्थाले हरेक महिनाको विजोर गते आफ्नो सेवा प्रदान गर्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्