दमक , जेठ ७ । नेपाली कांग्रेस गौरादह नगर समितिले आफनो कार्यालय भवन बनाउने भएको छ ।

भवनको आज यहाँ एक कार्यक्रमका बीच प्रजातन्त्र सेनानी डिल्लीप्रसाद सेढाईंले शिलान्यास गरे ।
कांग्रेस संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा बिपी स्मृति भवन बनाउन लागिएको पार्टी नगर सभापति यादव राज सेढाईले बताए ।
भवन निर्माणका लागि गौरादह नगरपालिका वडा नम्बर २ मा स्थानीय टुराई शाह तथा उनका सुपुत्र गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले १ कट्ठा ५ धुर र मिनाकुमारी राजबंशीले २ कट्ठा गरी कुल ३ कट्ठा जग्गा उपलब्ध गराएका थिए ।
भवन निर्माण गर्न नगरपालिकाले चालु वर्षको वजेटमा १२ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

भित्ते पात्रो विमोचन
त्यसैगरी सोही कार्यक्रममा क्षेत्रीय समितिले प्रकाशन गरेको २०७७ सालको भित्ते पात्रोको बिमोचन गरिएको छ । क्षेत्र नम्बर ५ समितिले पार्टी गतिविधिलाई समेटेर सो भित्तेपात्रो निकालिएको भित्ते पात्रो प्रकाशन आर्थिक उपसमितिका संयोजक समेत रहेका गौरादह २ का वडाध्यक्ष हेमन्त कार्कीले बताएका छन् ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायत पार्टीका स्थानीयदेखि जिल्ला नेताहरुको सहभागिता रहेको थियो । त्यस्तै पार्टी जिल्ला सभापति उद्धव थापाले समेत भिडियो कन्फरेन्समार्फत बिशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्