बिर्तामोड , जेठ ७ । बिर्तामोड नगरक्षेत्र भोलिदेखि पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले भोलि राति १२ बजेदेखि बिर्तामोड क्षेत्रमा पसल र सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गर्ने निर्णय भएको बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले बताए । औषधी, डेरी र कृषिजन्य वस्तुको व्यवसाय खुला गरेर बाँकी सबै किसिमका व्यवसाय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्