तुलसी बस्नेत (सौरभ)
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण देखिएसँगै २०७६ चैत्र ११ गतेदेखी देश पूर्णरुपमा लकडाउन छ । यो भाइरस फैलिन नदिन एकमात्र प्रभावकारी उपाय लकडाउन नै भएको कुरा विभिन्न राष्ट्रहरुले कोरोना रोकथामका लागी गरेको प्रयासबाट पुष्टि भइसकेको छ । नेपाल सरकारले पनी समयमै देश लकडाउन गरेर केही हदसम्म भाइरसको संक्रमण रोक्न सफल भएको दाबी गर्दै आएको छ । तर, भाइरस न्यूनिकरणका लागि लकडाउन गरेर मात्रै मुक्ती नपाइने कुराको चेतना सरकारलाई कम भएको देखिदैँ आएको छ ।
सरकारले देश लकडाउन गरिरहँदा संक्रमण भएका व्यक्तिको पहिचान गरी तिनिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको तिब्र गतीमा खोजी गरी परीक्षण गर्नुपर्ने थियो । तर, त्यसो हु्न सकेन, सरकारले देश लकडाउन गरेर भाइरस परीक्षणको गति एकदम सुस्त ढंगमा अघि बढायो । सरकार देश लकडाउन गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रणको क्षेत्रमा एक कदम सफल भयो । तर, दोस्रो कदम चाल्नमा ढिलाइ भएको कारण दोस्रो कदम भने असफल भएको देखिएको छ ।
विदेशबाट आउने नागरिकलाई मापदण्ड पुरा भएका क्वारेन्टाइनको व्यवस्था गरी कम्तिमा १४ दिन देखि १७ दिनसम्म राखेर स्वास्थ्य परीक्षण गरिसकेर मात्रै छोड्ने व्यवस्था त सरकारले ग¥यो । यही सन्दर्भमा देशभर विभिन्न स्थानमा थुप्रै क्वारेन्टाइनहरु निर्माण पनि भए । लकडाउनको शुरुमा त ति क्वारेन्टाइनहरु व्यवस्थित नै जस्तो महसुस भयो किनकी त्यो बेला थोरै मानिसहरु क्वारेन्टाइनमा राखिएको थियो । तर, अहिले मुख्यतय भारतमा रोजगारीको शिलशिलामा गएका नागरिक स्वदेश फिर्ता आएपछि ति क्वारेन्टाइनहरु अव्यवस्थित र असुरक्षीत भएको प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठनले निर्देशन गरेको मापदण्ड अनुरुप नभएको कुराहरु बाहिरि रहेको छ । भारतबाट आएका नागरिकमा संक्रमण तिब्र गतीमा फैलिरहेको छ । यसरी हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने मुल स्थान नै ति अव्यवस्थित क्वारेन्टाइनहरु पो हुने हुन् की ?
सरकारको सम्पूर्ण शक्ति कोरोना भाइरस रोकथाममा लगाएका छौं भन्दै सरकारले जनतालाई आस्वसन दिदैँ आएको छ । तर, कोरोनाको बाहानामा सरकार सत्ताको खेल खेल्दै आइरहेको छ । देश लकडाउन गरेर सबै जनतालाई घरमा थुनेर सरकारले भने सत्ता चलखेल र भ्रष्टचारको महोत्सव लगाएको छ । कोरोना संक्रमित व्यक्तिको उपचारको लागि अत्यावश्यक वस्तु खरिदमा पारदर्शिता नदेखाइ अनियमितता गरी सरकारले जनताको स्वास्थ्यको विषयलाई अपमानित गरेको छ । जनस्वास्थ्यलाई हलुका रुपमा लिएको सावित भइसकेको छ । कोरोना भाइरसको चपेटाको बिचमा देश लडिरहेको बेला सरकारले राजनितिक दल फुटाउने अध्यादेश ल्याएर सरकार कोरोना रोकथाममा भन्दा सत्ता जोगाउने खेलमा बढी केन्द्रीत छ भन्ने कुरा आफैँ प्रष्ट पा¥यो ।

लकडाउन भएको करिब दुइ महिना बितिसक्दा पनी संक्रमितको परीक्षणको दायरा भने अत्यन्तै सुस्त गतिको छ । विश्वमै बढी संक्रमित भेटिएको देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा संक्रमितको संख्या बढी देखिनुको कारण उसको परीक्षणको गति हो भनेका छन् । त्यसैले जती धेरै र चाडो परीक्षण गरियो त्यती नै प्रभावकारी ढंगमा संक्रमित रहेको या नरहेको देखिने पु्ष्टी भइसकेको छ । हाम्रो देशमा पनी शुरुको सातामा परीक्षण एकदमै न्यून थियो त्यसकारण संक्रमित नै छैन भनियो । पछी चौतर्फी दबाब आएपछी अलिकति परीक्षणको दायरा बढायो । र संक्रमित पनि भेटिन थाले । त्यसरी अहिले अझ बढी परीक्षण भएकाले संक्रमितको संख्या ह्वात्तै बढेर आएको देखिएको छ । तर, यो गति पनि अत्यन्तै सुस्त छ । नेपालमा परीक्षण तिब्र गतिमा नभएसम्म भाइरसबाट कहाँ कति संक्रमित छन् भन्ने यथार्थ थाहा हुने छैन र हामी घर भित्र बसेर सुरक्षीत छौँ भनेर भन्न सक्दैनौँ ।
अर्को तर्फ देशमा लकडाउन यसरी निरन्तर लम्बिदै गर्दा कोरोना बाहेक थुप्रै चुनौतीहरु दिनप्रतिदिन देखा परिरहेका छन् । कुल जनसंख्याको आधा भन्दा धेरै जनसंख्या गरीबिको रेखा मुनी रहेको देश नेपालमा अहिले जनता कोरोनाले भन्दा पनी भोकले मर्ने स्थिती आइरहेको छ । यस्ता समस्यालाई सम्बोधन गर्ने भन्दै सरकारले राहत कार्यक्रम समेत ल्यायो । तर, त्यो प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेन । बरु त्यसमा पनि भ्रष्टचार र अनियमितता मौलायो । सरकारी कर्मचारी र स्थानीय अगुवाले पेट भरे जनता भोकै । यदि कोरोनाको कहर यसरी नै लम्बिदै जाने होे र नेपाल सरकारको कार्यशैलि यहि तरिकाको हुने हो भने भोलीको दिन नेपालको लागी ठूलो संकटमा हुने छ ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्