बिर्तामोड , जेठ ८ । करिव दुई महिनादेखि घरैमा बस्नु पर्दा दिक्क भएर बिर्तामोड ९ का युवाहरुले लकडाउनको समयलाई खेलमा सदुपयोग गर्न थालेका छन् ।

उनीहरुले लकडाउन कटाउन भलिवल खेल खेल्न थालेका हुन् । नरियाबारी टोलका युवाहरु मिलेर बीच खेतमा हिजोदेखि भलिवल खेलको आयोजना गरेका छन् । आफ्नै खर्चमा नेट र बल किनेर साथीहरुसँग मिलेर समय बिताउन भलिवल खेल्न थालेको स्थानीय तिलबहादुर बुढाथोकीले बताए । उनले बाहिरको कसैलाई नबोलाई टोलभित्रकै केही साथीहरुसँग मिलेर शारीरिक ब्यायामका लागि खेल्ने गरिएको जानकारी दिए । ‘५—५ जनाको टीम बनाएर खेल्छौ’ उनले भने,‘ खेलमा बाजी पनि राख्ने गरेका छौँ ।’ खेलमा सामाजिक दुरीलाई कायम राख्ने गरिएको अर्का खेलाडी खगेन्द्र बुढाथोकीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्