झापा, जेठ ९ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरको प्रादेशिक कोशी अञ्चल अस्पताललाई एक सय थान पिपिई सेट उपलब्ध गराएको छ ।

कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको पहलमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेसहितको टोलीले उक्त पिपिई सेट कोशी अञ्चल अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गरेको हो । यस अघि मोरङ व्यापार संघ र उद्योग संगठनले प्रदेश र स्थानीय सरकारहरुमार्फत सर्वसाधारणकालागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरु समेत उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्