झापा, जेठ ९ । कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पूर्वी नवलपरासीका १, नवरपरासी सुस्ताका ३,चितवनका २,कपिलवस्तुका ९ र सर्लाहीका १५ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसंगै कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप ३० जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु नवलपरासी बर्दघाट सुस्ता पूर्व ,विनय त्रिवेणी गाउँपालिका –६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–६ केसरवाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । यस्तै नवलपरासी, सुस्ता गाउँपालिका–५ र रामग्राम न.पा.३, १८ का ३३ र ३५ वर्षका पुरुष तथा १५ वर्षका महिला छन् । यसैगरी कपिलवस्तु वाणगंगा न.पा., मायादेवी गाउँपालिका बस्ने २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षकी बालिकामा कोरोना पुष्टि भएको छ । सर्लाही, गोडैता न.पा.– ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षकी महिलालाई पनि कोरोना पुष्टि भएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्