सिड्नी, जेठ ९ । अस्ट्रेलियन सरकारको कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहुलियत प्रदान गर्ने स्पष्ट नीति नभएपनि बिभिन्न विश्वबिद्यालय र निजी कलेजहरुले बिद्यार्थीका हितमा राहतका अनेकन प्याकेज अगाडि सारेका छन् ।

सिड्नीको चर्चित पर्यटकीयस्थल बोन्डाइ जंक्सनमा रहेको किंगस्टन इन्स्टिच्युट अस्ट्रेलियाले आफ्ना बिद्यार्थीहरुलाई कोरोना (कोभिड १९) प्रभावका कारण मे इन्टेकका लागि पचास प्रतिशत शैक्षिक शुल्क मिनाहा गर्ने निर्णय गरेको हो । कलेजका प्रिन्सिपल दिपक खनालका अनुसार विश्वब्यापी कोरोनाको प्रभावले अस्ट्रेलिया पनि अछुतो रहन नसकेको र यसका कारण रोजगार गुमाएका अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेजले यो योजना ल्याएको हो । कमाइ गर्दै पढाइ चलाउँदै आएका कैयन बिद्यार्थीहरु साँच्चीकै पीडामा परेको हामीले पायौँ र किंगस्टन इन्स्टिच्युटले उनीहरुलाई यो प्रभावमा राहत होस् भनेर यस शैक्षिकसत्रमा पचास प्रतिशतले छुट दिने निर्णय गरेको हो ।
कलेजका प्राध्यापक डा.रवि पौडेलले मे इन्टेकका लागि भर्ना हुन चाहने नयाँ बिद्यार्थीहरुले पनि सो कलेजको बिशेष छुट प्राप्त गर्न सक्ने बताए । पौडेल भन्छन्, ‘कलेजले बिद्यार्थीको सहुलियतस्वरुप आर्थिक रुपमा कठिनाइ भोगेका बिद्यार्थीहरुलाई किस्तामा आफ्नो शैक्षिक शुल्क बुझाउन पाउने प्रावधान पनि ल्याएको छ ।’

कोरोनाको प्रभावले उद्योगधन्दा बन्द हुँंदा अस्ट्रेलियामा करिब चालिस प्रतिशत बिद्यार्थीले प्रत्यक्ष रोजगारी गुमाएको अवस्थामा निजी शैक्षिक संस्थाहरुले यसरी सहुलियत प्रदान गर्नु महत्वपूर्ण बिषय भएको कलेजमा अध्ययनरत एक बिद्यार्थीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्