झापा, जेठ ९ । बाँके,डडेल्धुरा,कैलाली,मोरङ र बैतडीमा गरी आजै थप २० जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले बाँके नैरनापुरका १३ जना पुरुष र राप्ती सोनारी पालिकाका एक जना पुरुष ,कैलालीको जानकी गाउँपालिकाको सरस्वती क्वारेन्टाइनमा रहेका ३ जना पुरुष ,डडेल्धुरा परशुराम १० का २८ वर्षका एक पुरुष,बैतडी शिवनाथ १ का २२ वर्षका एक पुरुष र रतुवामाई मोरङका ४१ वर्षका पुरुषलाई कोरोना पुष्टि भएको जानकारी दिए । योसंगै कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । जसमा पुरुषको संख्या ४३३ र महिला ७४ रहेका छन् । आजै बिहान कपिलवस्तु,सर्लाही र पूर्वी नवलपरासी,सुस्ता परासी र चितवनमा गरि ३० जनामा कोराना संक्रमण देखिएको थियो ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म सातै प्रदेशमा गरी ४० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रदेश नम्वर १ मा ८५, प्रदेश नम्वर २ मा १५१, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ५, प्रदेश नम्वर ५ मा २२७, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिममा १० जनालाई कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्