बिर्तामोड , जेठ १० । दशभन्दा बढी पशुपंक्षीको बली दिएर स्थानीयले विराटपोखरीमा ग्राम पुजा गरेका छन् ।

बिर्तामोड ३ स्थित विराटपोखरीमा रहेको ग्रामथानमा उनीहरुले आज सामूहिक पुजा गरेका हुन् ।त्यहाँ ६ वटा बोका , एउटा हाँस र दुई जोडा परेवाको बली दिइएको हो । कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले गर्दा यस वर्ष त्यति धेरै बली चढेन । ‘विगतका वर्षहरुमा १०—१२ वटा बोका,त्यसभन्दा बढी संख्यामा हाँस, परेवा चढ्ने गथ्र्यो’ स्थानीय खगेन्द्र संग्रौलाले भने । स्थानीयहरुले घरघरबाट ल्याएर पशु बली दिने गरेको उनले बताए । विगतमा बलभद्र प्रसाईले धामीको काम गर्ने गरेकोमा उनको निधनपश्चात् आफ्ना पिताले पुजापाठ गर्ने गरेको खगेन्द्रले जानकारी दिए ।

महाभारतकालीन इतिहाससँग विराटपोखरीको सम्बन्ध जोडिएको छ । यो पोखरी करीब पा“च बिघा क्षेत्रफलमा फैलिएको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेपनि बिर्तामोड नगरपालिकाले चासोको विषय बनाएको छैन । महाभारतकलीन समयमा विराटनगरमा दरबार रहेका राजा विराटले आफ्ना चौपायाहरुलाई पानी खुवाउन सो पोखरी खनाएकोले त्यसको नाम विराटपोखरी रहन गएको भन्ने भनाइ सुन्न सकिन्छ । विराटपोखरीसहित सातवटा पोखरी दैविक शक्तिले एकैदिन खनेको कुरा गर्ने पुराना मानिसहरु पनि भेटिन्छन् । विराटपोखरीमा गैरआदिवासीहरुले ग्राम पुजा गरेको निकै वर्ष भयो । आदिबासी राजवंशीहरुले विगतमा गाउँगाउँमा ग्राम पुजा गर्ने गरेका थिए । ‘ग्राम’ भनेको गाउँ, सिंगो गाउँको रक्षाको लागि ग्राम देवताको पुजा गर्ने चलन रहेको राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी बताउँछन् । उनले उहिले बली चढाएर ग्राम पुजा गर्ने गरिएपनि अहिले बली प्रथालाई निरुत्साहित गर्दै लगिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्