दमक, जेठ १० । नेपाली कांग्रेस दमकले यसवर्ष पनि भित्तेपात्रो निकालेको छ । पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच नयाँ वर्ष २०७७ सालको भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

पार्टी गतिविधिलाई समेटेर प्रकाशन गरिएको सो भित्तेपात्रोको कांग्रेस जिल्ला सभापति उद्धव थापाले लोकार्पण गरे । भित्तेपात्रो लोकार्पण गर्दै सभापति थापाले पार्टी संगठन बलियो वनाउन क्यालेण्डर सहयोगी हुने जोड दिए ।
पार्टी नगर समितिले बर्षेनि नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गर्दै आएको नगर सभापति रोशन विष्टले जानकारी दिए । भित्तेपात्रो प्रकाशन गर्न पार्टी उपसभापति राजकुमार गौतमको संयोजकत्वमा १७ सदस्यीय एक प्रकाशन उपसमिति गठन गरिएको थियो ।

त्यस अवसरमा पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, कांग्रेस झापाका प्रवक्ता लोकराज ढकाल, गौरादह नगरपालिका मेयर रोहितकुमार शाह,क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी,महासमिति सदस्य सुरेश सुब्बा,टिकाराज सापकोटा, मेदनी सिटौला, अनिलकृष्ण प्रसाई,महाधिबेशन प्रतिनिधि रेगिना भट्टराई ,कांग्रेस गौरादह नगर सभापति यादवराज सडाईलगायतको उपस्थिति रहेको पार्टी नगर सहसचिव दिपेश दाहालले बताए ।
यसअघि कांग्रेस क्षेत्रीय समितिले समेत दुई दिनअघि गौरादहमा भित्तेपात्रो प्रकाशन गरेको पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्