बिर्तामोड, जेठ १० । प्रतिबन्धित लागु औषधसहित दुई युवा बिर्तामोडबाट पक्राउ परेका छन् ।

आज दिउँसो १ बजे बिर्तामोड ५ स्थित कृष्ण हल छेउबाट वडा नं ४ बस्ने बर्ष २८ का पवन चौधरी र सोही ठाउँका बर्ष २८ कै महेश गुरुङ्ग पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्लास्टिक सहित ५ ग्राम प्रतिबन्धित ब्राउनसुगर लागु औषध फेला पारेको थियो । उनीहरु दुबैलाई अनुसन्धानको लागि ईप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्