कमल,जेठ १३ । झापाको कमल गाउँपालिका— ७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा थप कक्षा कोठाको निर्माण कार्य शुरु भएको छ ।

प्रदेश सरकारको रु ७ लाखको वजेटबाट यसवर्ष तीन वटा पक्की कक्षा कोठा निर्माण कार्य शुरु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज तिम्सिनाले बताए । यसअघि गाउँपालिकाबाट प्राप्त रु ९ लाखको वजेटवाट ती कक्षा कोठा निर्माण गरिएको थियो ।
विद्यालयमा थप कक्षा कोठा निर्माण सम्पन्न भएपछि विद्यार्थीहरुको पठनपाठनमा सुविधा पुग्ने उनले बताएका छन् ।
२०३० सालमा स्थापना भएको सो विद्यालय पछिल्ला वर्ष खस्किन थालेपछि स्थानीय अभिभावकहरुको सक्रियतामा संरचना निर्माण तथा शैक्षिक सुधारको कामहरु हुँदै आएको उनले बताएका छन् । पछिल्ला बर्ष धमाधम नीजि बोर्डिङ खुलेसंगै प्रतिष्पर्धा गर्न नसक्दा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घट्दै गएको छ ।
गाउँपालिकाकै पुराना विद्यालयको सूचीमा पर्ने यस विद्यालयलाई विकास गर्न स्थानीय अभिभावकहरुले गत माघमा युवराज तिम्सिनाको अध्यक्षतामा सात सदस्यीय एक अभिभावक समन्वय समिति र वडा सदस्य हिमा नेपालीको अध्यक्षतामा अन्तरिम विद्यालय व्यवस्थापन समिति गठन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्