बिर्तामोड, जेठ १३ । हिजो शल्यक्रिया गरिएका बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आजदेखि नरम खानेकुरा खान दिइएको छ ।

शल्यक्रियापश्चात् आज दोस्रो दिन उनको सघन उपचार कक्षमा उपचार भईरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बिएण्डसि हस्पिटलले जनाएको छ । हस्पिटलका जनसम्पर्क प्रमुख प्रोमिश गिरीले आज दिउँसो एक प्रेस नोट जारी गरी शिवाकोटीलाई खानामा सफ्ट–डाईट समेत सुरु गरिएको जानकारी दिएका छन् । जेठ ११ गते स्वास्थ्यमा अचानक समस्या आएपछि उनी बिएण्डसि हस्पिटलमा भर्ना भएका थिए । हिजो उनको सफलतापूर्वक शल्यक्रिया गरिएको हस्पिटलले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्