दमक,१३ जेठ । दमक—९ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापकले विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको विषयलाई लिएर स्थानीय सञ्चारकर्मीलाई अल्टिमेटमसहितको धम्की दिएको घटनाप्रति यहाँका पत्रकारहरुले विरोध जनाएका छन् ।

पत्रकार संगठनहरुले निकालेको बिज्ञप्ति

नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार सम्बद्ध संघसंगठनले विद्यालयसंग जोडिएको प्रसारित तथा प्रकाशित समाचारलाई लिएर विद्यालयले निकालेको विज्ञप्तिप्रति गंभीर ध्यानाकर्षण भएको जनाउदै स्वतन्त्र प्रेसको अस्तित्वमाथि नै धावा बोलेकोमा निन्दा समेत गरिएको छ । विभिन्न ६ वटा संगठनका प्रतिनिधिहरुले समाचारको वास्तविकतालाई चित्त नबुझे खण्डन गर्ने ,न्यायिक निकायसम्म जाने कानुनी व्यवस्था हुँदाहँुदै विद्यालयले एक हप्ताभित्र प्रमाणसहित हाजिर हुन भनी दिएको आदेशको कडा शव्दमा भत्र्सना गरिएको छ ।
गत जेठ ११ गते दमकको सप्तरंगी एफएम र कमल खबर अनलाइनमा ‘पूरै देश कोरोना संक्रमणसंग जुद्धदै,दमकको सरस्वती माविका प्रधानाध्यापक भने विद्यार्थीको पुस्तकको कमिशन चक्करमा’ भनेर समाचार प्रकाशित तथा प्रसारित गरेको थियो । त्यसलगत्तै जेठ १२ गते विद्यालयले समाचारप्रति खण्डन जनाउदै समाचार लेख्नेलाई एक हप्ताभित्र विद्यालय आउन आदेश दिएको थियो ।
त्यस आदेश सार्वजनिक भएलगत्तै आज दमकमा बसेको पत्रकार सम्बद्ध संघसंगठनहरुले घटनाका बारे पत्रकारहरुसंग छलफल गर्दै विद्यालयका प्रअले निकालेको विज्ञप्तिले समग्र सञ्चारकर्मीमाथि हस्तक्षेपको प्रयास भएको जारी संयुक्त विज्ञप्तिमा जनाईएको छ ।
ती संगठनहरुले विद्यालयका प्रअले निकालेको विज्ञप्तिले धम्की दिएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न समेत नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गर्ने निर्णय भएको छ । साथै,लकडाउनको समयमा सिंगो देश तहसनहस भएको अवस्थामा सरकारले समेत पुस्तक किनबेच नगर्न,कुनै पनि शिर्षकमा विद्यार्थीहरुवाट शुल्क नलिन निर्देशन गरेकाले स्मरण गराउँदै आम अभिभावकहरुले पनि त्यस किसिमका कार्य हुन नदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउने समेत निर्णय गरेका छन् ।
संयुक्त विज्ञप्तिमा महासंघ प्रदेश १ का सदस्य विमल लामिछाने,महासंघ झापा सदस्य अनिलदेव राई, प्रेस संगठनका जिल्ला सहसंयोजक टिकाराम उप्रेती,नेपाल प्रेस यूनियनका माइपश्चिम अध्यक्ष विष्णु सुब्बा,प्रेस नेपालका संघीय उपाध्यक्ष कमन देवान र महासंघका प्रदेश पार्षद मिनप्रकाश उप्रेतीले हस्ताक्षर गरेका छन् ।

प्रअले निकालेको बिज्ञप्ति

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्