मेचीनगर , जेठ १४ । करेन्ट लागेर झापामा हिजो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका— १२ पिपलडाँगीका २४ वर्षीय रामायण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सांकेतिक तस्वीर

प्रहरीका अनुसार घर नजिकै खोलामा करेन्ट लागेर माछा मार्ने क्रममा उनी घाइते भएका थिए । उपचारका लागि उनलाई मनमोहन हस्पिटल बिर्तामोड लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्