महाभारा, जेठ १४ । कांग्रेस नेता देउमान थेवेले सहयोगका लागि आफ्नो ध्यान सुरक्षाकर्मीतर्फ केन्द्रित गरेका छन् ।

कोरोना भाइरस फैलिन नदिन अभाव र जोखिमका बीच भारत र झापाको सीमामा खटिएका सुरक्षाकर्मीलाई नेता थेवेले सहयोग गरेर आफ्नो ध्यान त्यता केन्द्रित गरेका हुन् । नेता थेवेले झापाका सीमामा निर्माण गरिएका प्रहरी बिट र पोस्टका लागि सहयोग सामग्री हस्तान्तरण गरे । केही समयअघि सीमामा अवलोकन गर्न पुगेका उनले सुरक्षा जनताको निम्ति भएको र प्रहरीलाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

उनले २ लाख बराबरको खाद्यान्न, मास्क , पन्जा लगायत बितरण गरेका हुन् । सीमामा रहेको सशस्त्र प्रहरीको १६ वटा पोस्ट र नेपाल प्रहरीको ११ वटा पोस्टका लागि उनले सहयोग गरेको जनाइएको छ । थेवेले आफूले महाभारा,कोरोबारीमा पर्ने सीमामा खटिएका प्रहरीको लागि दमक र शिवसताक्षीबाट साइकल, टिन, गम्बुट , टस , रेनकोट, त्रिपाल लगायतका सामग्री सहयोगको निम्ति पहल गरेको बताए । झापा गाउँपालिकाका निम्ति बिर्तामोड उद्योग बाणिज्य संघ र कनकाइ उद्योग बाणिज्य संघको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको बताइएको छ । सुरक्षाको निम्ति खटिएका प्रहरीहरुलाई एक्लै पर्न नदिने थेवेले बताए । झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले सहयोगीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा झापा गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाथोकी , झापा १ का वडाध्यक्ष राजकुमार यादव, महिला नेतृ अन्जु थपलिया , नेता शिव कडेल , उबासं कन्काइका अध्यक्ष त्रिलोचन चिमरिया, महासचिब तुलसी बिमली लगायतले सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्