झापा, जेठ १५ । आज गणतन्त्र दिवस । नेपालको संविधान अनुसार आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत हुँदैछ ।

बुधबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त अधिवेशनमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गर्ने छन् ।मंगलबार राति ११ बजेसम्म बसेर अर्थमन्त्री डा खतिवडाले बजेटको तयारी गरे । आज बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदमा बजेट पेश हुन्छ । कोरोना भाइरसका कारण ठूलो बजेटका लागि स्रोत सुकिरहेका बेला अर्थमन्त्रीले चालु वर्षको भन्दा आकार बढाएर बजेट प्रस्तुत गर्ने भएका छन्। दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने समयतालिका तय भएको छ । ‘कोरोनाको महामारीबीच बजेट ल्याउन लागेका अर्थमन्त्रीले ठूलो बजेट ल्याए पनि कार्यान्वयन भने चुनौतीपूर्ण छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा भन्छन्, ‘अर्कोतर्फ उनले अनुमान गरेका स्रोतको उपलब्धता पनि अनिश्चित छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्