झापा, जेठ १५ । भारतको दिल्लीबाट आएर महेन्द्र रत्न मावि केचनाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना संक्रमण देखिएको छ ।

आज कचनकवलका थप २५ जनामा कोरोेना संक्रमण देखिएको हो । त्यस क्वारेन्टाइनमा बसेका ९९ जनासहित १६२ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो ।त्यसमध्ये १५ जनाको रिपोर्ट हिजो पोजिटिभ आएको थियो । हिजो जानकी आधारभूत विद्यालय पाठामारी क्वारेन्टाइनमा बसेका १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस क्वारेन्टाइनका ५६ जनाको स्वाब टेष्टका लागि पठाइएको थियो । उनीहरु १९ देखि ५७ वर्षसम्मका पुरुषहरु रहेका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेका, सुरक्षाकर्मी , जनप्रतिनिधि गरी १६२ जनाको स्वाब पठाइएकोमा ४० जनाबाहेक अरुको रिपोर्ट नेगेटिभ आएको कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले बताए । उनले आज दोस्रो चरणमा पिसिआर परीक्षणका लागि स्वाब संकलन भइरहेको बताए ।पथरीया माविमा रहेका २४ जना र लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालय सुकुनाडिगीमा रहेका ४२ जनाको नमूना संकलन गरी पठाउने कार्य भइरहेको कचनकवल १ का वडाध्यक्ष समेत रहेका यादवले जानकारी दिएका छन् । आज २५ जना थपिएसँगै कचनकवलमा मात्र संक्रमितको संख्या ७३ पुगेको छ भने झापामा ७९ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्