झापा , जेठ १५ ।कोरोना भाइरस (कोभिड—१९) रोकथाम र उपचारको निम्ति सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।

आर्थिक वर्ष २०७७—७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए ।त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ यस शैय्याको छुट्टै संक्रामक रोग अस्पताल पनि निर्माण गरिने भएको छ । साथै काठमाडौं वा प्रदेशका राजधानीमा भएका अस्पतालहरूमा २ सय ५० बेडको आइसियू स्थापना गरिने भएको छ । यस्तै, सातै प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग पनि सञ्चालनमा ल्याइने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्