काँकरभिट्टा, जेठ १५ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल भारत सीमा क्षेत्रमा रहेका १ सय ४९ जना नेपाली बिहीबार पूर्वीनाका हुँदै प्रवेश गरेका छन् ।

फाइल तस्वीर

भारतलगायत अन्य देशमा रोजगार तथा अध्ययनका लागि गएकाहरु काँकरभिट्टा नाका भएर नेपाल फर्केका हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार बुधबार आएका समेत गरी २ सय ८ जनामध्ये १ सय ४९ जनालाई सम्बन्धित जिल्ला र पालिका पठाइएको छ भने बाँकीलाई मेचीनगरकै विभिन्न क्वारेन्टाइन र होल्डिङ सेन्टरमा राखिएकोे छ । बिहीबार नेपाल प्रवेश गरेकामध्ये झापाको मेचीनगर ४ का २ तथा ८ का १ गरी कुल ३ जना नागरिक मेचीनगरवासी रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्