झापा, जेठ १६ । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटैमा मृत्यु भएका एक युवकमा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

अहमदाबादबाट नेपाल आउँदै गर्दा भारतको डुम्रियागञ्जमा जेठ १० गते मृत्यु भएका भुमिकास्थान नगरपालिका –९ ढिकुरेका ३४ वर्षका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल आउँदै गर्दा बाटैमा मृत्यु भएका ती युवकलाई कपिलवस्तुको कृष्णनगर सीमाबाट संगै आउने साथीले अर्घाखाँची पुर्याएर परिवारको सहमतिमा माघ १० गते नै शव गाडेका थिए । प्रजिअ अधिकारीले मृतकको स्वाब माघ १० गते नै संकलन गरी प्रादेशिक प्रयोगशाला बुटवलमा परीक्षण गर्दा हिजो साँझ मात्रै मृतकको रिपोर्ट पोजेटिभ देखिएको जानकारी प्रयोगशालाबाट आएको बताए । युवकको अन्त्येष्टि गरिएको ५ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि प्रजिअ अधिकारीले गरे।
ती युवकसंगै भारतबाट २ वटा बसमा करीव ५५ जना मानिसहरु आएको र उनीहरु सबैको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको र आजबाट पीसीआर परीक्षण सुरु गरिने बताए । ती युवकसंगै आएका सबैजना क्वारेन्टाइनमा रहेको उनले बताए । यसअघि सिन्धुपाल्चोककी एक महिला, गुल्मी, ललितपुर, बाँके र बारामा कोरोनाका कारण मृत्यु भएको थियो । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्