झापा, जेठ १६ । पाँचौ चरणको लकडाउन हुने अनुमानका बीच भारतको पश्चिम बंगाल सरकारले पहिलो जूनदेखि राज्यका सबै धार्मिकस्थल खोल्ने निर्णय गरेको छ ।पश्चिम बंगाल लकडाउनपछि धार्मिकस्थल खोल्ने पहिलो राज्य बनेको छ ।

मुख्यमन्त्री ममता बनर्जीले आज आफ्नो अनलाइन प्रेस कन्फ्रेन्समा त्यस्तो घोषणा गरेकी हुन् । उनले भनिन्,‘ आठ जूनदेखि निजी र सार्वजनिक क्षेत्रमा १०० प्रतिशत क्षमताका साथ काम शुरू हुनेछ ।’मुख्यमन्त्रीले भनिन्, ‘पहिलो जूनदेखि सबै पूजापाठ र धार्मिकस्थल खुल्नेछ । तर, त्यहाँ एकसाथ १० जनाभन्दा बढीलाई जाने अनुमति दिइने छैन । ’
त्यस अघि उनले एक उच्चस्तरीय बैठकमा कोरोनाबाट उत्पन्न परिस्थितिका बारेमा समीक्षा गरेकी थिइन् । ममताले बंगाल विगत दुई महिनाका क्रममा संक्रमणलाई नियन्त्रण गर्न सफल रहेको बताइन् । उनले चिया र जूट उद्योगमा पनि पहिलो जूनदेखि पूर्णरुपमा मजÞदूरहरुले काम शुरू गर्ने र सबै सरकारी र निजी कार्यालयमा पनि पुरै क्षमताका साथ काम हुने जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्