तुलाचन , जेठ १७ । झापाको दक्षिणी गाउँपालिका गौरीगञ्ज —२ टटुवामारी चउनीपूर्व निर्माण हुने सामुदायिक भवनको शिलान्यास भएको छ ।

प्रदेश सांसद झलकसिंह दर्लामी (सन्देश ) ले सो भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि सांसद दर्लामीले २० लाख रुपैयाँ उपलब्ध गराएका छन् । सो रकम सांसद विकास कोषबाट उपलब्ध गराइएको हो । स्थानीय नेकपा नेता मिनप्रसाद खतिवडाले दिएको जानकारी अनुसार नेत्र राजवंशीले उपलब्ध गराएको जग्गामा भवन बन्ने छ । स्थानीय सरकारका प्रतिनिधि, राजनीतिक दल र स्थानीयको उपस्थितिमा भवन शिलान्यास गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्