बिर्तामोड, जेठ १९ । काठमाडौँका व्यवसायी डिन्सन बोहोराले झापाको बिर्तामोड नगरपालिकाका लागि दुई थान स्वाब कलेक्सन बुथ सहयोग दिएका छन् ।

रोटरी क्लब अफ बिर्तामोड र रोट्याक्ट क्लब अफ बिर्तामोडमार्फत बोहोराले बुथ उपलब्ध गराएका हुन् । उपलब्ध ती दुईवटा बुथ आज बिर्तामोड नगरपालिकालाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट निर्मल भट्टराई नेतृत्वको टोलीले नगरपालिका कार्यालय पुगेर उपप्रमुख पवित्रा महतरा र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई बुथ हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्वअन्तरगत नगरपालिकालाई बुथ उपलब्ध गराइएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट भट्टराईले बताए ।
उपलब्ध ती बुथ मेची आँखा अस्पताल र कञ्चनजंघा टेक्निकल इन्स्टिच्यूट होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । यसअघि बोहोराले झापामा सुरु भएको एकका लागि एक अभियानमार्फत् पाँच सयवटा भिटिएम सहयोग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्