झापा,जेठ १९ । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।

एकैदिन यति धेरै संख्यामा संक्रमित थपिएको पहिलोपटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न स्थानमा गरिएको प्रयोगशाला परीक्षणमा आज २१३ जना पुरुष र १३ महिलालाई गरि २६६ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिए । योसंगै कोरोना संक्रमितको संख्या १ हजार ८९८ पुगेको छ । संक्रमितमध्ये १ हजार ६६७ पुरुष र १३१ महिला छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्वर १ मा १३८, प्रदेश नम्वर २ मा ५८९, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा २३, प्रदेश नम्वर ५ मा ५७० र कर्णाली प्रदेशमा १९७ र सुदुरपश्चिममा २३७ जना गरी १ हजार ५६९ जना संक्रमितहरु आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्