झापा, जेठ २० । कपिलवस्तुमा थप ४७ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ३ सय १७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए । ४७ जनामध्ये ४० जनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र ७ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।संक्रमितहरु रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीका रहेका थापाले जानकारी दिए । योसंगै नेपालमा संक्रमितको संख्या १८९३ पुगेको छ । हिजै गरिएको परीक्षणमा ३१७ जनामा कोरोना पुष्टि भएको थियो । यो हालसम्मकै एकैदिन थपिएका संक्रमितको उच्च संख्या हो । यसअघि पटक –पटक गरी सोमबार २७४ जनालाई कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्