झापा, जेठ २० । झापाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेकामध्ये ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमा १ जना बुद्धशान्ति गाउँपालिकाको स्थानीय रहेको र बाँकी अन्य जिल्लाका रहेका छन् ।क्वारेन्टाइनमा बसेकामध्ये ताप्लेजुङका ३, पाँचथर १ र झापाका १ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।क्वारेन्टाइनमा रहेका १०० जनाको पिसिआरका लागि नमुना पठाइएको थियो । जसमा ७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्