बिर्तामोड, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णप्रसाद प्रसाईको निधनप्रति समवेदना ब्यक्त गरेका छन् ।

२००७ सालको राजनीतिक क्रान्तिमा सहभागी भई मुलुकमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान पुर्याएका प्रसाईको निधनले पार्टीमा अपूरणीय क्षति भएको भन्दै प्रचण्डले प्रसाईको निधनप्रति समवेदना व्यक्त गरेका हुन् । अर्जुनधारा नगरपालिका – ११ मा स्थायी वसोवास रहेका प्रसाईको गत जेठ १५ गते ८५ वर्षको उमेरमा हृदयघातका कारण बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
बीएण्डसी अस्पताल तथा पूर्बाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईका पिता कृष्णप्रसादले राजनीतिक आन्दोलनसंगै सामाजिक, धार्मिक क्षेत्रमा समेत उत्तिकै योगदान पुर्याएको भन्दै प्रचण्डसहित नेपाल कम्युनिष्ट पार्टी एवम सचिवालय परिवारले समवेदना व्यक्त गरेका हुन् ।
प्रचण्डले नेकपा प्रदेश कमिटीमार्फत समवेदनापत्र पठाएर समवेदना व्यक्त गरेका हुन् । उनले पठाएको समवेदना पत्र नेकपा प्रदेश कमिटी सदस्य जीवन आचार्यसहितका पदाधिकारीले प्रसाई परिवारलाई प्रदान गरेका थिए ।
यसैबीच प्रसाईको सातौं पुण्य तिथिमा पार्टीको तर्फबाट आयोजना गरिएको समवेदना कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश न १ सह–इञ्चाज नरेश खरेल, अध्यक्ष देवराज घिमिरेसमेत सहभागी थिए । त्यस्तै प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद झलकसिहं दर्लामी, प्रदेश सदस्य राजु आचार्य, प्रदेश सदस्य तथा झापा जिल्ला अध्यक्ष चिन्तन पाठक , जिल्ला सचिव विजय साम्पाङ, जिल्ला सचिवालय सदस्य अरुण श्रेष्ठ, नगर इन्चार्ज युवराज दाहाल, अध्यक्ष ज्ञानु प्रसाईं, सचिव मोहन सुब्बा, कनकाई नगर ईन्चार्ज गोपाल प्रसाईं, भद्रपुर नगर अध्यक्ष शिव राजभण्डारीलगायतले प्रसाई निवासमा पुगेर समवेदना व्यक्त गरेका थिए ।
यसैबीच जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल , झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतले प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्