बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् ।

बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पूर्वेलीका अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्ष कुशल खतिवडा र पूर्वअध्यक्ष रमेश चौधरी तथा संघका अध्यक्ष जीतबहादुर कार्की र वरिष्ठ उपाध्यक्ष भूपाल कट्वालले अभियानलाई सहयोग रकम दिएका थिए ।
अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको छ । अभियानलाई देश तथा विदेशमा रहेका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्