झापा, जेठ २३ । हालसम्म झापाबाट २६ जना कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका छन् ।

हिजो डिस्चार्ज भएका ७ सहित कोरोनालाई जितेर घर फर्किनेको संख्या २६ पुगेको हो । यसअघि १९ जना कोरोनामुक्त भएर घर फर्केका थिए ।त्यस्तै प्रदेश १ बाट कोरोना जितेर घर फर्किनेको संख्या ७८ पुगेको छ । हिजो ३० जनासहित कोरोनालाई जितेर घर फर्किनेको संख्या ७८ पुगेको हो । कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी हिजो ३० जना कोरोनालाई जितेर घर फर्किएका हुन् । यसैबीच प्रदेश १ मा हिजो थप १६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । योसँगै प्रदेश १ मा जम्मा कोभिड—१९ पुष्टि भएको संख्या २०१ पुगेको छ । यतिबेला १ सय २३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्