झापा, असार १ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी गर्दै आइरहेको लकडाउन आजबाट केही खुकुलो हुँदैछ । तर पूरै अनलक भने होइन, लगभग यो अनलकको पहिलो चरण हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आजबाट लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तीन दिन लगाएर लकडाउन खोल्ने रणनीति तयार पारेको थियो । समितिले अबको साढे २ महिनाभित्र लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच तह—चरणको योजना बनाएको छ । जसअनुसार पहिलो चरण आजबाट लागु हुँदैछ ।
तहगत रुपमा क्रमशः हरेक क्षेत्रहरु खोल्दै जाने र आम नागरिकको दैनिकी सहज बनाउने गरी कार्ययोजना बनाइएको छ । आम नागरिकको दैनिकी सहज हुने गरी लकडाउन खोल्दै जाने कार्ययोजना तयार पारिएको हो ।
आजबाट खुल्ने सेवा र कार्यहरू
सरकारी कार्यालयहरू—आजबाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै सरकारी कार्यालयहरू खुल्दैछन् । सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ बजदेखि साँझ ६ बजेसम्म कार्यालय खुला रहेनछ । कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । त्यस्तै उद्योग, कलकारखाना र निजी कार्यालय पनि खुल्दैछन् ।
निजी सवारी साधन (जिल्लाभित्रै)—सार्वजनिक सवारी साधन बाहेकका निजी सवारी साधन चल्न दिने तर त्यस्ता सवारी साधन एउटा जिल्लाबाट अर्काे जिल्लामा भने जान नपाइने गरी सञ्चालन गर्न दिने निर्णय पनि सरकारले गरेको छ । तर, त्यस्ता चारपांग्रे निजी सवारी साधनमा चालक र अन्य २ जना मात्रले सवार गर्न पाउनेछन् भने दुई पांग्रे सवारी साधनमा चालक एक जना मात्र चढ्न पाउने छन् ।जोर—बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी कार्यालयका सवारी साधन श्रमिकको आवागमनका लागि सञ्चालन गरिएको हो । गाडीमा सवार सबैले मास्कसँगै सबै स्वास्थ्य सुरक्षाका मापदण्ड उपयोग गर्नुपर्नेछ ।
स्वास्थ्य, किराना तथा दैनिक उपभोग्य सामग्री—सेवा—स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा र निजी क्लिनिक पनि आजदेखि पूरै खुला हुनेछन् । यसअघि पनि मेडिकलहरू खुलै हुने गर्थे ।औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अण्डा, मासु, खानेपानीको उत्पादन, बिक्रीवितरण तथा ढुवानी, पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरणसम्बन्धी सेवा खुलै रहने ।
फोहोरमैला व्यवस्थापन—विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा,बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा,सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य,कृषि बीउबिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डार सम्बन्धी सेवा तथा कार्य ।
उत्पादनशील उद्योग र अन्य—निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
विकास आयोजना (निजी क्षेत्रबाट संचालित समेत)
निर्माण कार्य (निजी समेत)
नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्रीवितरण
क्वारेन्टिनका लागि तोकिएका होटल
बिजुलीका सामान बिक्री र मर्मत, विद्युतीय उपकरण, मेशीनरी र सवारी साधनको मर्मत गर्ने वर्कसप
पुस्तक पसल तथा स्टेशनरी
सबै प्रकारका ढुवानी सेवा ।
अत्यावश्यक सेवाका सबै कार्यालय

रेष्टुरेन्ट – रेष्टुरेन्ट खान ल्याउन सेवा लिन सकिन्छ । प्याकिङ खाना परिवारसँग खान सकिन्छ र खाना संकलन गर्न सकिन्छ तर रेष्टुरेन्टमा बसेर खान पाइदैन ।
बन्द रहने सेवा तथा कार्यहरू —शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र,सपिङ मल, डिपार्टमेण्ट स्टोर (खाद्यपदार्थ बाहेक),सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जनस्थल,अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान,तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन,
२५ जना बढी सहभागी हुने बैठक, गोष्ठी, तालीम, सेमिनार,सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,व्यावसायिक रुपमा सञ्चालित स्वीमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत,हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,सार्वजनिक सवारी साधनहरु ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्