झापा, असार २ । सस्तो र हरेक ठाउँमा भेटिने औषधी डेक्सामेथासोनले कोरोना भाइरसबाट संक्रमित गंभीर रूपका विरामीहरुको ज्यान बचाउन सहयोग गर्ने भएको छ ।

बेलायतका विशेषज्ञहरुले कम मात्रामा यो औषधीको प्रयोग कोरोनाविरुद्धको लडाईमा एउटा ठूलो सफलताको रुपमा सावित भएको बताएका छन् । जुन विरामीलाई गंभीर रूपमा भेन्टिलेटरको सहयोग लिनु परिरहेको छ, उसलाई मृत्युको जोखिम कÞरीब एक तिहाई त्यस औषधीबाट कम हुन सक्ने छ ।. त्यस्तै जसलाई अक्सिजनको आबश्यकता छ, उसलाईं पाँचौं भाग बराबर मृत्यु हुने जोखिम कम हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।डेक्सामेथासोन १९६० दशकदेखि हाडजोर्नी र अस्थमाको उपचारमा प्रयोग हुने औषधी हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्