भद्रपुर, असार ८ । प्रहरीले बेवारिसे अबस्थामा १८ बोरा सुपारी बरामद गरेको छ ।

मेचीनगर ६ स्थित मेची खोला किनारमा बेवारिसे अबस्थामा १ लाख ७८ हजार २ सय मूल्य बराबरको ५४० केजी सुपारी गएराति बरामद भएको हो ।बरामद सुपारी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्