झापा , असार ८ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुगेको हो।आइतबार मात्र ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ जनाको नमुना परीक्षण गरिएको छ ।मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९० हजार ७३० छन् भने आइसोलेसनमा ७ हजार ७ सय ८९ जनाको उपचार भइराखेको छ । यस्तै सोमबार थप ३७० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ३७० जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए। योसहित निको हुनेको संख्या २ हजार १४२ पुगेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्