बिर्तामोड, असार ९ । झापाको बिर्तामोडमा दुई जना युवामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरु भारतबाट आएर बिर्तामोडको क्वारेन्टाइनमा बसेका युवामा कोरोना पुष्टि भएको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए ।
बिर्तामोड ५ र ७ नम्बर वडाका दुई जनामा पुष्टि भएको जनाइएको छ । कोरोना संक्रमितहरुलाई ब्यबस्थापन गर्ने तयारी भइरहेको खड्काले जानकारी दिए । बिर्तामोडमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्