बिर्तामोड, असार ९ । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका बिर्तामोडका दुई युवामा कोरोना संक्रमण देखिएको छ ।

बिर्तामोड वडा नं ५ र ७ का दुई जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजना होम क्वारेन्टाइनमा रहेका थिए । ओमनबाट आएर होम क्वारेन्टाइनमा बसेका बिर्तामोड ५ का करीव ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले होम क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई कोरोना देखिँदा त्रास बढेको भन्दै उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको जानकारी दिए । अर्का संक्रमित पनि विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्