झापा , असार ९ । आज ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए।सो संख्या थपिएसँगै आजसम्म कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। योसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै कोरोना भाइरसबाट २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्