झापा , असार ९ । बिर्तामोड ७ का कोरोना संक्रमित स्वास्थ्यकर्मी भएको खुलेको छ ।

भारतबाट आएर बिर्तामोड ७ का ४६ वर्षिय ती स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा बसेका थिए । उनी असार ४ गते भारतको चेन्नईबाट घर फर्केका हुन् । दिल्लीबाट बागडोग्रा हुँदै उनी घर आएको बिर्तामोड ७ का कार्यबाहक वडाध्यक्ष चन्द्रकला पकुवालले बताइन् । भारतबाट फर्किनुअघि परिवारले वडाबाट सिफारिस लिएको बताउँदै वडाध्यक्ष पकुवालले गाउँभन्दा अलग्गै रहेको घरमा सावधानी र सतर्कताका साथ उनलाई होम क्वारेन्टाइनमा बस्न दिएको जानकारी दिइन् । संक्रमितको परिवारमा श्रीमती र एकजना छोरी रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्