बिर्तामोड, असार ९ । बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धी सूचनामा प्रकाशित कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक भएपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्योलमा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहणसम्बन्धी कित्ता नम्बरसहितको ३५ दिने सूचना गत जेठ २४ गते प्रकाशित गरेको थियो ।
प्रशासन कार्यालयले सूचनामा ३५ दिनभित्रमा धनीपूर्जा,नागरिकता र तिरो वुझाएको प्रतिलिपि वुझाउन भनेको छ । तर सूचनामा जारी गरिएको कित्ता नम्बर धनीपूर्जामा नमिलेपछि समस्या भएको स्थानीय प्रभावितहरुको गुनासो छ ।
३५ दिने सूचना प्रकाशनको झण्डै २० दिन भईसक्यो हालसम्म कुनै प्रक्रिया अगाडि बढाउन सकिएको छैन भन्दै उनीहरुले सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यसैवीच रेलमार्ग प्रभावित बिर्तामोड क्षेत्रका बासिन्दाहरुको भेला आज सैनिकमोडमा सम्पन्न भएको छ । भेलाले डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा ३१ सदस्यीय रेलवे प्रभावित समन्वय समिति बिर्तामोड गठन गरेको छ ।
बिर्तामोड २,३,४ र ७ का रेलवे प्रभावित बासिन्दाहरुको भेलाले गठन गरेको समन्वय समितिको उपाध्यक्षहरुमा वेद खरेल र रंगलाल दाहाल, सचिव रञ्जित प्रसाई, सह–सचिव राम उप्रेती र कोषाध्यक्षमा प्रकाश न्यौपाने चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डा.अजितकुमार ठाकुर, गंगा मैनाली, देवेन्द्र सिटौला, खगेन्द्र खरेल, पवन मैनाली, राजन शिवाकोटी, राजु चाम्लिङ्ग, लक्ष्मीदेवी खतिवडा, नगेन्द्र विमली, सुजन काफ्ले, गजेन्द्र नेपाली, मेदनीप्रसाद पकुवाल, कुमार कन्दङ्गवा, श्रीप्रसाद रोक्का, टिका वास्तोला, कैलाश प्रसाईलगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्