राजगढ , असार १० । झापाको बाह्रदशीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो १४.४५ बजे बाह्रदशी गाउँपालिका —६ घर भई वडा नं ७ कंचनवारी ससुराली घर बस्ने श्यामकुमार टुडुकी डेढ वर्षिया छोरी अनुसा टुडुको पानीमा डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा घर अगाडि बाटो छेउमा वर्षाको पानी जमेको खाल्डोमा ती बालिका डुबेकी थिइन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट गएको टोलीले मृतक लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि मेची अंचल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्