झापा , असार ११ । भारतको बिहारमा चट्याङले लागेर ८३ जनाको ज्यान गएको छ ।

विपद् ब्यबस्थापन विभागका अनुसार आज साँझ साढ़े ६ बजेसम्म प्राप्त जानकारी अनुसार ८३ जनाको ज्यान गएको हो । विभागका अनुसार सबैभन्दा बढी मृत्यु गोपालगञ्जमा भएको छ । त्यहाँ १३ जनाको ज्यान गएको हो ।
गोपालगञ्जपछि मधुबनी र नवादामा ८—८ जनाको मृत्यु भएको छ । बिहार सरकारले सबै मृतकका परिवारलाई चार—चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्