बिर्तामोड , असार १२ । प्रतिदिन दैनिकका सञ्चालक शारदाप्रसाद थपलियाले झापामा सञ्चालन हुने पिसिआर ल्याबका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

उनले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतलाई सो रकम हस्तान्तरण गरेका हुन् । व्यवसायी तथा धार्मिक व्यक्तित्व थपलियाले झापामा कोरोना परीक्षण गर्ने उत्तम कार्यमा आफ्नो तर्फबाट पनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । थपलिया मेगा कम्प्लेक्सका बिर्तामोडका सञ्चालक समेत हुन् ।त्यस्तै ल्याब स्थापनाका लागि अनारमनी गाविसका पूर्व उपाध्यक्ष लागि लोकबन्धु कन्दङ्वाले ५१ हजार १२५ रुपैयाँ उपलब्ध गराएका छन् । अभियानले गरेको कामको प्रशंसा गर्दै समाजसेवी कन्दङ्वाले सो रकम उपलब्ध गराएका हुन् । त्यसैगरी कोपिला हाउजिङका सञ्चालक टहलदास ओलीले ११ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।
अभियानको तर्फबाट सहसंयोजक बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष निर्मल भट्टराईले रकम ग्रहण गरेका थिए ।
झापामा पिसिआर ल्याब स्थापनाका लागि सहयोग जट्ने क्रम जारी छ । सहसंयोजक बस्नेतले सहयोगी सबैलाई धन्यवाद दिँदै थप सहयोगका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्