झापा, असार १२ । यस वर्ष नेपालीहरुले भारत पश्चिम बंगालकोे अनारस खान नपाउने भएका छन् ।

नेपालसँगको नक्सा विवादका कारण बंगालका अनारस उत्पादकहरुले यस वर्ष नेपाललाई अनारस निर्यात नगर्ने निर्णय गरेका हुन् ।
अनारसको कुल उत्पादनको ८० प्रतिशत उत्तरी बंगालमा हुने गरेको छ । त्यस क्षेत्रका उत्पादकहरुले नेपालमा निर्यात नगर्ने निर्णय गरेका हुन् । त्यहाँबाट प्रत्येक वर्ष ठूलो परिमाणमा अनारस नेपाल निर्यात हुने गरेको छ ।यस वर्ष कोरोनाका कारण जारी लामो लकडाउनले गर्दा मूल्यमा आएको गिरावटले अनारस उत्पादकहरुलाई ठूलो क्षति भएको छ । यस पटक अनारसको उत्पादन राम्रो भएको छ । तर, भारतीय उत्पादक र व्यापारीहरुको भनाइ छ—अनारस आधा मूल्यमा बिकेपनि, खेतैमा सडेपनि कुनै पनि हालतमा नेपाल पठाउँदैनौं । नेपालसँगको बढ्दो विवादले पश्चिम बंगालको सिमावर्ती क्षेत्रमा रहेका नेपालीहरुलाई समस्यामा पारेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्