झापा, असार १२ । आज ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए । योसहित देशभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए ।
योसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । मृतक २७ जनामा कोरोना भाइरस देखिएको छ । रसुवाबाहेकका सबै ७६ जिल्लामा कोरोना देखिएको छ । विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्