झापा , असार १२ । झापामा आज एक महिलासहित चारजना कोरोना संक्रमित थपिएका छन् ।

दमकमा एक महिलासहित तीन र मेचीनगरमा एक पुरुषमा कोरोना पुष्टि भएको हो । दमकमा कोरोना संक्रमित हुनेहरुमा दमक ४ का १ जना, दमक ३ का १ जना र दमक १ का १ जना रहेका छन् । कुवेतबाट आएकी महिला र भारतबाट आएका पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । दमकबाट केही दिन अघि क्वारेन्टाईनमा रहेका ६१ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको थियो । योसँगै दमकमा मात्र संक्रमितको संख्या ६पुगेको छ । ती मध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै मेचीनगरमा पनि आज एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर देवी प्रावि क्वारेन्टाइनमा बसेका मेचीनगर १ का १८ वर्षिय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्