दमक, असार १४ । लागु औषध ब्राउन सुगरसहित एक ब्यक्ति कमल गाउँपालिकामा पक्राउ परेका छन् ।

आज साँझ ६.३० बजे बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल ५ लवडाँडास्थित पूर्व पश्चिम राजमार्गमा पूर्ववाट पश्चिमतर्फ गइरहेको मे ५ प ७५९८ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्दा ब्राउन सुगरसहित गौरादह ४ डोरामारी बस्ने ३४ वर्षिय सुमन भण्डारीलाई पक्राउ गरेको हो । उनको साथवाट खैरो हिरोइन जस्तो ब्राउन सुगर प्लाष्टिकसहित ३ ग्राम ७३ मिलिग्राम बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्