झापा , असार १५ ।सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।‘अहिलेकै अवस्थामा लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ मन्त्रिपरिषद बैठकपछि एक मन्त्रीले भने। ती मन्त्रीका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान र अन्तर्राष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको छ। त्यस्तै काठमाडौं उपत्यका भित्रिन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।