गौरादह, असार १६ । कला क्षेत्रको विकास गर्ने उद्देश्यले गौरादह नगर क्षेत्रभित्रका कलाकर्मीहरु संगठित भएका छन् ।

गौरादह नगरपालिकाभित्र रहेका कलाकारहरुको सम्पन्न वृहत भेलाले कला क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले आनन्द सुब्बाको अध्यक्षतामा ११ सदस्यीय दर्पण कला चौतारीे तदर्थ समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा हरि बस्नेत (डिके ), सचिवमा भुवन खड्का तथा कोषाध्यक्षमा पंकजा भण्डारी (पुनम नेपाल ) चुनिएकी छन् । समितिको सदस्यहरुमा जिदन मर्डी, भावना चौलागाईं, देवु निरौला, हनी राजवंशी, रोमकुमार खड्का लगायत रहेका छन् । सोही भेलाले भोजराज दाहालको संयोजकत्वमा तीन सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा सुरेशबहादुर पौडेल र सिताराम ताजपुरिया रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्