झापा , असार १८ । कोभिड—१९ को महामारी निको पार्ने भन्दै झुक्याउन खोज्ने बाबा रामदेवमाथि उजुरी परेको छ ।

रामदेवको पतञ्जली ग्रुपमाथि औषधीको नाममा फ्रड गरेको आरोपमा एफआईआर दायर गरिएको हो ।भारतसमेत विश्वका विभिन्न देशहरुमा कोभिड १९ को औषधी र भ्याक्सिन बनाउनका लागि दर्जनौं क्लिनिकल ट्रायल जारी रहेको छ । तर, पतञ्जलीले बिना अनुमति क्लिनिकल ट्रायल नगरी कोरोनाको औषधी भनेर ‘कोरोनल’ लन्च गरेको थियो । भारत सरकारले यसअघि नै यसको प्रचारप्रसारमा रोक लगाइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्